Posts

चिसो मौसममा मोटरसाइकल स्टार्ट गर्ने तरिका

कुनै फिजिकल एक्टीभिटी गर्नु अगाडी हामीले वार्मअप गरे जस्तै जाडो मौसममा मोटरसाइकल स्टार्ट गर्नु अघि यी वार्मअप स्टेपहरू गर्नु भएमा स्टार्ट गर्न सजिलो हुन्छः १. जाडोमा कार्बोरेटरमा बाँकी रहेको तेलले मोटरसाइकल स्टार्ट गर्न नपुग्ने हुनाले सबैभन्दा पहिले कार्बोरेटरमा पुग्ने गरि तेल पुगोस भन्नको लागि तेलको स्विच एकछिन अफ गरेर फेरि अनमा वा रिजर्भमा राख्नुहोस । २. रातभर वा धेरै समयसम्म मोटरसाइकल नचली बसेको हुनाले इन्जिन स्टार्ट गर्न आावश्यक लुब्रीकेन्टहरू फेदमा गएर बसेको हुनाले पाटपूर्जालाई चलायमान बनाउनु पर्छ । त्यसको लागि मोटरसाइकलाई केहि पर डोर्याएर लानुहोस र त्यसपछि स्वीच अफमै राखेर चोक पूरै अन गर्नुहोस र ३, ४ पटक जति किकस्टार्ट हान्नुहोस र एकछिन पर्खनुहोस ।   ३. स्वीच अफमै राखेर चोके पनि अफ गर्नुहोस र एक्सीलेटर पूरै बटारेर फेरि २,३ किकस्टार्ट हान्नुहोस अनि केहिबेर पर्खनुहोस ।   ४. अब स्वीच अन गर्नुहाेस र चोक पूरै अन गर्नुहोस र एक्सीलेटर नबटारी किकस्टार्ट गर्नुहोस । यदि स्टार्ट नभए, एकछिन पर्खेर फेरि कोसिस गर्नुहोस, स्टार्ट हुन्छ ।   ५. स्टार्ट भएको १० सेकेन्ड जति पछि चोक